पुम्दीकोटमा यसरी बन्दैछ बिशाल महादेवको मूर्ति ! छिटै दर्शन गर्न पाइने – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • पुम्दीकोटमा यसरी बन्दैछ बिशाल महादेवको मूर्ति ! छिटै दर्शन गर्न पाइने

पुम्दीकोटमा यसरी बन्दैछ बिशाल महादेवको मूर्ति ! छिटै दर्शन गर्न पाइने

पुम्दीकोटमा यसरी बन्दैछ बिशाल महादेवको मूर्ति ! छिटै दर्शन गर्न पाइने

पोखरा, २३ असार । पोखरा–२२ स्थित पुम्दीकोटमा बिशाल महादेवको मूर्ति निर्माणको काम निरन्तर भईरहेको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण देशमा लकडाउन भएपनि यो परियोजनामा निरन्तर काम भईरहेको विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ४० प्रतिशत काम सकिएको छ ।

बरालले आउदो मंसिर भित्र मूर्ति स्थापना गर्न थप दुई करोड रुपैयाँ आवश्यक भएको बताउनुभयो । एक करोडको व्याबस्थापन प्रदेश, संघीय र स्थानीय सरकारबाट भएको खण्डमा एक करोड आन्तरिक श्रोतबाट जोहो गर्ने उहाँको भनाई छ ।

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापना गर्न लागिएको उक्त स्थानमा एक सय ८ वटा शिव लिङ्ग स्थापना सहितको निर्माण कार्य सम्पन्न भईसकेको छ । अहिले पद्मा आसनमा बसेको ५१ फिट अग्लो महादेवको मूर्ति हाल भारतमा निर्माणको क्रममा रहेको अध्यक्ष बरालले उल्लेख गर्नुभयो ।
शिवको ऐतिहासिक बिषय बस्तुहरु समेटिएको भिडियो प्रर्दशन गर्ने कक्ष, एक सय ५० सिट क्षमताको ध्यान केन्द्र, १८ वटा एट्याट वाथरुम सहितका सटर निर्माण भएका छन् । ४० करोडको उक्त योजनामा हालसम्म करिब १२ करोड रुपैया खर्च भएको जनाइएको छ ।

पुम्दीकोट पुग्न पोखराको छोरेपाटनबाट सवारी साधनमार्फत पुग्न सकिन्छ । छोरेपाटन, कालीमाटी, शान्ति स्तूपा, लुकुङ्श्वारा, डाँडाथोक हुँदै पुम्दीकोट पुगिन्छ । त्यस्तै छोरेपाटन, कालीमाटी, पोखरा भ्यू प्वाइन्ट, फलेटे, तिलाहार, काउलेपानी, लकुङ्स्वाँरा, डाँडाथोक हुँदै समेत पुम्दीकोट पुग्न सकिन्छ । विश्वशान्ति स्तूप, नेटा हुँदै तथा पोखरा भ्यूप्वाइन्टबाट पुम्दीकोट पैदल यात्राबाट पुग्न सकिन्छ ।

प्राचीन पदमार्गका रुपमा रहेको पोखरा रानीवन, पुम्दीकोट, भूम्दीकोट, थाप्लेडाँडा हुँदै सुनगाभाको राजधानी पञ्चासेसम्म पुग्ने बाटो यतैबाट जाने भएकाले सो स्थान यहाँको अर्को पर्यटकीय आकर्षण पनि हो । गुरुयोजनाअनुसार सो क्षेत्रमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त रु ६० लाखको आर्थिक सहयोगमा लगभग ३० फिट उचाइको भ्यू टावर निर्माण सम्पन्न गरिसकिएको छ ।

समुद्री सतहबाट करिब एक हजार दुई सय मिटरको उचाइमा रहेको पुम्दीकोटबाट धौलागिरिदेखि माछापुच्छ«े, अन्नपूर्णसहित मनास्लु हिमशृङ्खला, पोखरा बजार, फेवाताल, सराङकोट, शान्ति स्तूपालगायतका पर्यटकीयस्थलको एकसाथ अवलोकन गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका