पोखराको पट्नेरीमा बागलुङको काठेखोलाका विपिनले गरे आत्महत्या – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • पोखराको पट्नेरीमा बागलुङको काठेखोलाका विपिनले गरे आत्महत्या

पोखराको पट्नेरीमा बागलुङको काठेखोलाका विपिनले गरे आत्महत्या

पोखराको पट्नेरीमा बागलुङको काठेखोलाका विपिनले गरे आत्महत्या
सांकेतिक तस्बिर

पोखरा, २२ असार । पोखरामा एक जना व्यक्ति झुण्डीएर आत्महत्या गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. २९ पट्नेरीमा बागलुङको काठेखोला गाउँपालिका १ का २४ वर्षिय विपिन भण्डारी झुण्डीएको अवस्थामा फेला परेको कास्कीका प्रहरी नायव उपरिक्षक एवं कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

पट्नेरीमा रविन केसीले संचालन गरेको सम्भावना कृषि एवं एग्रो फर्ममा काम गर्दै आएका थिए । बागलुङबाट आफन्त आउदै गरेको र आफन्त आएपछि थप प्रकृया अगाडी बढ्ने हमालले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको हमालको भनाई रहेको छ ।

कोरोनाको कारण सरकारले आह्वान गरेको लकडाउन पछि आत्महत्याका घटनाहरु बढीरहेका छन् ।

एक प्रतिक्रिया on “पोखराको पट्नेरीमा बागलुङको काठेखोलाका विपिनले गरे आत्महत्या

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका