नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै – Samacharpati Samacharpati नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै

नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै

नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै

काठमाडौं, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आजपनि बस्दैछ । पार्र्टीभित्रको विवाद समाधान गर्न वैठक हुनुअघि अध्यक्षद्धय कपी ओली र प्रचण्ड छलफलको तयारीमा हुनुहुन्छ ।

ओली र दाहालले हिजो गठन गर्नुभएको अनौपचारिक कार्यदलले दिने सुझावका आधारमा विवाद समाधानको प्रयास गरिंदैछ । तर दुबै पक्ष हिजो साँझसम्म आ–आफ्नो अडानबाट पछि नहटेकोले आज पनि सहमतिको संभावना भने न्युन रहेको छ ।

आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना रहेको छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन ।

हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो.बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका