काठमाडौं, २१ असार । जापानमा बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने नौ बेपता, लाखौ विस्थापित भएका छन् । समाचारमा जनाइए अनुसार । जापानको क्युसु द्धीप र कुमामोटो प्रान्त भारी बर्षापछी आएको बाढी र पहिरोमा परी नौ जना हराइसकेको बताइएको छ ।
कुमामोटो प्रान्तको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण थप मारमा परेका छन् । जापानको तकिनुई जिल्लाका आठ वटा घर बाढीले बगाएको छ ।
बाढी र पहिरोले सयौंको संख्यामा सवारीसाधनहरु पुरिएका छन् भने सयौं चौपायाहरु समेत बगाएको छ । जापानी सेना र हेलिकप्टरको सहायताले बाढी पहिरोमा हराइरहेकाहरुको ब्यापक खोजी गरिहेको समाचारमा जनाइएको छ ।
यहि पिवतको घडमिा जापानका प्रधानमन्त्री सिन्जो आबेले देशमा आएको बिपत नियन्त्रण र उद्धारका लागि १० हजार सैनिक परिचालन गरिएको बताउदै सबै नागरिकलाई सचेत रहन आग्रह गरेका छन् ।