कोरोनाले शिक्षा क्षेत्रलाई समेत धरासाहि बनायो – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • कोरोनाले शिक्षा क्षेत्रलाई समेत धरासाहि बनायो

कोरोनाले शिक्षा क्षेत्रलाई समेत धरासाहि बनायो

कोरोनाले शिक्षा क्षेत्रलाई समेत धरासाहि बनायो

स्याङ्जा, २० असार । न कसैले सोचेको, न कसैले चाहेको यस्तो महामारी होला भन्ने कुनै आकलन थिएन तर जो हुनु थियो । भएरै छाडछ् भने झै आज कोरोनाले संसार नै आतंकित बनायो। आज सारा विश्व नै यसको चपेटामा छ र नेपाल पनि अछुतो रहन त कसरी सक्छ र ! कोरोनाको कारणले देश लकडाउन छ जसको असर नेपाली अर्थतन्त्र सगै व्यापार व्यावसाय उधोग धन्दा चौपट छ ।

कोरोनाको कारणले अझै बढी असर पारेको क्षेत्र बनेको शैक्षिक क्षेत्र हो। शैक्षिक क्षेत्रमा असर शिक्षा मानव जिवनको महत्वपूर्ण पाटो हो र शिक्षा बिनाको मानिसको जिवन पनि अबको समयमा कष्टकर छ । कोरोनाको कारणले पठन-पाठन ठप्प छ एस ई ई दिन कुरीरहेका विधार्थी हरुको एस ई ई दिने सपना पुरा भएन यो यस्तो एस ई ई ब्याच बनो जसले स्कुल जीवनको अन्तिम परीक्षाको अनुभव लिन पाएनन सरकार संग विकल्प थिएन तर असर भने पक्कै परेको छ विधार्थीमा।कक्षा एघार को परीक्षा समेत हुन पाएन ।

उच्च शिक्षामा अध्ययन गरिरहेका विधार्थी हरु पनि चुप चाप घरमा छन् ऑनलाइन कक्षा त सञ्चालन भएका छन तर सबैको पहुंच मा भने पुग्न सकेका छैनन्। राजधानीमा बसेका विधार्थी गाउँ फर्केका छन् गाउँ मा इन्टरनेट को समस्याका कारण कक्षा लिन नपाउदा अर्को समस्या सिर्जना भएको छ । कक्षा दस सम्म टेलिभिजन बाट कक्षा हरु सञ्चालन भएका छन् तर यहाँ पनि सबै विधार्थी मा यो सम्भव छैन ।

लोकसेवाको परिक्षाको नतिजा कुरेका विधार्थी हरु नतिजा नआएर चिन्तित छन् । छ महिना पढाई नहुने निश्चित छ र छ महिना पढाई नहुनु भनेको विधार्थी को जीवन २ बर्ष पछि जानु हो यो वेला र महामारीले जुन अवस्था सिर्जना गरो यसले सारा विधार्थी को जिवनमा ठुलो असर पारेको छ। सरकार यस्को दोषी हैन शिक्षामन्त्री का कदम पनि ठीक छन् सबैले सरकारको राम्रो मा साथ दिएर यो महामारीलाई जित्नु पर्छ। के गर्नु अहिले सबैको मनमा भय छ बाहिर निस्कन नमिल्ने समय छ ।

 

किस्मत जङ कार्की स्याङ्जा फेदिखाेला -२

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका