तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना पुष्टि–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना पुष्टि

तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना पुष्टि

तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना पुष्टि

ललितपुर,  १८ असार  । ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङका क्रममा ललितपुरमा ५ जना संक्रमित भएको जानकारी गराइएको हो । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार संक्रमितहरुमा ४ महिला र १ पुरुष जना रहेका छन् ।

संक्रमितहरु ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिकासँगै पहिलो पटक गोदावरी नगरपालिकामा पनि पुष्टि भएको छ । यता स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार बुधबार अल्का अपतालका २ र १ जना क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ७ जनामा पोजेटिभ देखिएको हो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका