विशाल तारा एकाएक गायब, बैज्ञानिकहरु चकित – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • विशाल तारा एकाएक गायब, बैज्ञानिकहरु चकित

विशाल तारा एकाएक गायब, बैज्ञानिकहरु चकित

विशाल तारा एकाएक गायब, बैज्ञानिकहरु चकित

काठमाडौं, १८ असार । पृथ्वीबाट करिब ७ करोड ५० लाख प्रकाश बर्ष दूरीस्थित एक विशाल तारा अचानक गायब भएको घटनाले खगोलशास्त्री चकित परेका छन् । कुनै तारा सुपरनोवा बन्नु अगाडि नै ब्ल्याकहोलमा समाहित भएको यस्तो घटना पहिलो भएको उनीहरुले अनुमान गरेका छन् ।

नीलो रंगको यो तारा किनम्यान डवार्फ आकाश गंगामा थियो । युरोपियन सदर्न अब्जर्भेटरी(ईएसओ) को भेरी लार्ज टेलिस्कोपको मद्दतबाट उक्त तारा विलाएको पत्ता लागेको हो ।

धेरै दुरीका कारण यो तारालाई देखिएको थिएन तर डिटेक्ट गरिएको थियो । यसको मद्दतबाट बैज्ञानिकहरु पनि यति ठूलो तारा कसरी मर्छ भनी खोजिरहेका थिए ।

यो तारा सूर्यभन्दा २५ लाख गुणा तेजिलो थियो । यो सन् २०११ देखि २०१९ को बीचमा गायब भएको अनुमान गरिएको छ । तारा यसरी एकाएक हराउनुलाई बैज्ञानिकहरुले धूलोले ढाकेको हुन सक्ने पनि अनुमान गरेका छन् ।

Source:- नेपाल समाचारपत्र दैनिक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका