कर्मचारीले किसानलाई बुझ्नु पर्छ : आशीष कार्की – Samacharpati Samacharpati कर्मचारीले किसानलाई बुझ्नु पर्छ : आशीष कार्की – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कर्मचारीले किसानलाई बुझ्नु पर्छ : आशीष कार्की

कर्मचारीले किसानलाई बुझ्नु पर्छ : आशीष कार्की

कर्मचारीले किसानलाई बुझ्नु पर्छ : आशीष कार्की

पोखरा, १५ असार । नेपाल खानेपानी संस्थान पोखराका प्रमुख आशीष कार्कीले कर्मचारीले किसानसँग मेहनेतको पाठ सिक्न सक्नुपर्ने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराले आयोजना गरेको असारे पन्ध्रसँगै दहिच्युरा खाने कार्यक्रममा शुभकामना दिँदै असारको किसानजस्तै कर्मचारीले वर्षभर सेवाग्राहीको सेवामा लाग्न सुझाव दिएका थिए ।

कर्मचारी संघ इकाई समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको सभामा इन्जिनियर कार्कीले पोखरेली उपभोक्ता निकै सचेत र पूर्ण प्रविधिमैत्री भएको आफूले पाएको उल्लेख गरे । कार्कीले कर्मचारीबीचको एकतालेमात्र उपभोक्तालाई प्रभावकारी सेवा दिन सकिने बताए । कार्कीले पोखरा शाखाले उपभोक्ता हितमा इसेवा, खल्ती र प्रभुपे लगायत एपबाट पैसा तिर्न सकिने व्यवस्थाले सहज बन्दै आएको बताएका थिए ।

कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमलाले संस्थानमा कार्यरत कर्मचारीको मन र मुहारमा खुसी देख्न नसकेको बताए । उनले एउटै प्रकृतिको काम र सेवामा असमानता हुँदा आम कर्मचारीमा निरासा छाएको उल्लेख गरे ।
महासचिव धमलाले कर्मचारी संघ संस्थान हित र उपभोक्तालाई सेवामैत्री बनाउन सधै क्रियाशील भएर लागेको बताएका थिए ।

आम कर्मचारीको समस्या एउटै प्रकृतिको भएकाले साथ दिन आग्रह गर्दै समस्यासँग नडराउने धमलाले बताए । कर्मचारी संघ इकाई समितिका सचिव भोजराज चापागाईँले सञ्चालन गरेको सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका पूर्व अध्यक्ष कृतिनाथ देवकोटाले धान दिवसलाई कर्मचारीले भुल्न नहुने बताएका थिए ।

कोरोना कहरकैबीच आमाबाबुले गाउँगाउँमा गरेको मेहनेत नभुल्न आग्रह गर्दै कृषिलाई प्राथमिकतामा राख्न अनुरोध गरे । कर्मचारी संघका सदस्य अनील शर्मा सुवेदीले स्वागत गर्दै उपभोक्ताको सेवा नै कर्मचारीको धर्म भएको बताए । उनले परम्परालाई जोगाउन सक्नुपर्ने बताउँदै कर्मचारी संघले संस्थान, उपभोक्ता र कर्मचारीको हितमा क्रियाशील भएर लाग्ने बताएका थिए ।

कार्यक्रममा खानेपानी संस्थान सेतीपारी शाखाका प्रमुख ई. राकेश गोइत, हेमजा शाखाका कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादव, ई. सन्तोष दास, लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख दिपेश्वर मण्डल, कर्मचारी संगठनका सचिवालय सदस्य वसन्तराज भण्डारी, अच्युत घिमिरे, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्कीका उपाध्यक्ष रुककुमार श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका