पर्वतमा १९ जना काेराेना संक्रमित निको भएर फर्के घर – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • पर्वतमा १९ जना काेराेना संक्रमित निको भएर फर्के घर

पर्वतमा १९ जना काेराेना संक्रमित निको भएर फर्के घर

पर्वतमा १९ जना काेराेना संक्रमित निको भएर फर्के घर

पर्वत, १५ असार । पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षेत्रिय क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा एक जना स्वास्थ्यकर्मी सहित थप १३ कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका पर्वत अस्थायी अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी रहेका छन भने १२ जना भारतबाट आएर क्वारेन्टाईनमा रहेका ब्यक्ति छन ।

यो संगै पर्वतमा संक्रमितको संख्या ८५ पुगेको छ । संक्रमित मध्ये १९ जना संक्रमित निको भएर घर फर्केका छन । संक्रमितलाई अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रबक्ता तथा तथ्याँक अधिकृत प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका