गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, नवलपरासीमा सबैभन्दा धेरै–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, नवलपरासीमा सबैभन्दा धेरै

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, नवलपरासीमा सबैभन्दा धेरै

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, नवलपरासीमा सबैभन्दा धेरै

काठमाडौं, १२ असार । गण्डकी प्रदेशमा एका बिहानै थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जना तनहुँमा २ जना, स्याङ्जा र बाग्लुङमा एक-एक जना रहेका छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार देश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप नयाँ २५ जनामा कोरोना पुष्टि भएको हो ।

शर्माका अनुसार स्याङ्जाका कालिण्डकी गाउँपालिकामा १ जना ५८ वर्षीय पुरूष, तनहुँको व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरूषहरूमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाग्लुङको बरेंङ गाउँपालिकाका २३ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको छ । नवलपरासीका गौडाकोट नगरपालीकामा २३ वर्षदेखि ५३ वर्षसम्मका ७ जना पुरूषहरूमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै कावासेती नगरपालीकामा १८ वर्षदेखि ५८ वर्षसम्मका १२ पुरूषहरूसँगै २५ र ३५ वर्षीया महिलाहरूमा कोरोना पुष्टि भएको छ । शर्माका अनुसार उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका