नेपाल परिवारदलको तर्फबाट पहिरो पिडितलाई राहत सहयोग – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • नेपाल परिवारदलको तर्फबाट पहिरो पिडितलाई राहत सहयोग

नेपाल परिवारदलको तर्फबाट पहिरो पिडितलाई राहत सहयोग

नेपाल परिवारदलको तर्फबाट पहिरो पिडितलाई राहत सहयोग

दिपेन्द्र पौडेल, पोखरा, १० असार । पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा जेठ ३१ गते गएको पहिरो परि दुर्लुङ ढकालबारी काउलेमा २ परिवारका ९ जना सदस्यले ज्यान गुमाएका  थिए ।

ठूलो धनजनको क्षति भएको यस दुखःद घडीमा मानवीय उद्धार तथा राहत सहयोग स्वरुप उक्त दुई परिवारलाई नेपाल परिवार दलका तर्फबाट केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक बाबुराम शर्मा पौडेल सहितको टोली मिति  असार ८ गते घटनास्थलमा पुगि प्रति परिवार दश हजारका दरले रु २० हजार आर्थिक सहयोग प्रदान गरेका छन ।

मानवीय भौतिक क्षति भएका तुल बहादुर थापाको परिवारका सदस्य श्री साबित्री थापा तथा कमला वि.क.को परिवारकातर्फबाट श्री साबित्री बि.क. लाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै हार्दिक समावेदना व्यक्त गर्नु गरेका थिए ।

साथै पर्वतको दुर्लुङ्गमा पहिरोबाट जोखिममा रहेका अन्य स्थानहरुमा पनि समयमै क्षति हुन नदिन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पहल गर्ने कुरा समेत व्यक्त गर्नु गरेका थिए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका