बागलुङ तङ्ग्राम फापरखेतमा पहिरोले पुरिएर एक महिलाको मृत्यु–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • बागलुङ तङ्ग्राम फापरखेतमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

बागलुङ तङ्ग्राम फापरखेतमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

बागलुङ तङ्ग्राम फापरखेतमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

गलकोट,  ७ असार । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम फापरखेतमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर शनिबार एक महिलाको मृत्यु भएको छ । फापरखेतको थोत्नेरीमा वर्षासँगै आएको पहिरोले ३८ वर्षीया विमला पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा घरधनी टीका पुनसहित अरू परिवारका सदस्यले ज्यान जोगाए पनि श्रीमती विमला पुन बेपत्ता हुनुभएको थियो । बेपत्ता पुनको प्रहरी र नेपाली सेनाले खोजी गर्दा मृतावस्थामा शनिबार दिउँसो मात्रै फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका