राष्ट्रिय कविता महोत्सव स्थगित – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • राष्ट्रिय कविता महोत्सव स्थगित

राष्ट्रिय कविता महोत्सव स्थगित

राष्ट्रिय कविता महोत्सव स्थगित

पोखरा, ७ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय कविता महोत्सव अन्तिम समयमा आएर स्थगित भएको छ ।

असार ९ गते हुने भनिएको कविता महोत्सव कोरोना महामारीका कारण भन्दै स्थगित गरिएको हो । महोत्सवका लागि १५० शब्दसम्मको कविता जेठ २५ गतेसम्म पठाउन भनिएको थियो । महोत्सवका लागि पाँच सय दुई कविता प्राप्त भएको छ । कार्यक्रम स्थगित भएपछि प्राप्त कवितालाई गोप्य लाहाछाप सहित खामबन्दी गरी सुरक्षित राखिएको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले बताउनुभयो ।

महोत्सवसंगै प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सव पनि मनाउदै थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका