बेँसीशहर चामे सडक पहिरोकाे कारण अवरुद्ध – Samacharpati
Samacharpati
आइतवार, माघ ४, २०७७
  • होमपेज
  • बेँसीशहर चामे सडक पहिरोकाे कारण अवरुद्ध

बेँसीशहर चामे सडक पहिरोकाे कारण अवरुद्ध

बेँसीशहर चामे सडक पहिरोकाे कारण अवरुद्ध

लमजुङ, ६ असार । लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका स्थित स्याँगे र मनाङस्थित नासों गाउँपालिकाको तालमा पर्ने सडक माथिबाट आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडकखण्ड अन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताउनुभयो ।

उहाँले सडक खुलाउन दुवै स्थानमा एक्साभेक्टर लैजाने तयारीमा रहेको बताउनुभयो । बेँसीशहर चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका