वर्षाले पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति – Samacharpati Samacharpati वर्षाले पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • वर्षाले पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति

वर्षाले पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति

वर्षाले पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति

तनहुँ, ६ असार । आँप टिप्न जाँदा रुखबाट लडेर शुक्रबार एक जना सख्त घाइते भएका छन् । घिरिङ गाउँपालिका– १ बन्टार निवासी २४ वर्षीय देवबहादुर कुमाल लडेर घाइते भएका हुन् । उनको ढाड भाँचिएको र अहिले नयाँ मेडिकल अस्पताल चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षाले पुलमा क्षति
वर्षाले कालीगण्डकी करिडोरअन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब रु ६५ लाख बराबरको क्षति पुगेको हो ।

आज ढलान गर्ने तयारी गरी कामलाई तीव्रता दिइरहेका बेला बाढीले सटरिङ नै बगाएपछि ठूलो क्षति पुगेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सहायक सुपरभाइजर दामोदर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार वर्षायाम अगावै ढलानको काम सक्ने भनिए पनि खोलामा पानीको बहाब बढ्न थालेपछि समयमा नै काम सम्पन्न गर्न समस्या हुनेछ । वर्षायाम शुुरु भएकाले दशैँतिहार अगावै काम सञ्चालन गर्न समस्या हुने भण्डारीले बताउनुभयो ।

रु तीन करोड ६० लाखको लागतमा निर्माण हुन लागेको सो पुल आर्थिक वर्ष २०७३÷०७४ मा सम्झौता भई २०७५ मङ्सिर अन्तिमदेखि निर्माण शुरु गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका