सुशान्त सिंह राजपुतका नाममा दुई फ्यानले गरे आत्महत्या – Samacharpati Samacharpati सुशान्त सिंह राजपुतका नाममा दुई फ्यानले गरे आत्महत्या – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • सुशान्त सिंह राजपुतका नाममा दुई फ्यानले गरे आत्महत्या

सुशान्त सिंह राजपुतका नाममा दुई फ्यानले गरे आत्महत्या

सुशान्त सिंह राजपुतका नाममा दुई फ्यानले गरे आत्महत्या

बलिउड, ६ असार ।  बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यासँगै बलिउडमा फेरि एक पटक परिवारवाद र नातावादको चर्को आलोचना भयो । अहिले बलिउडमा यो मुद्दा केन्द्रमा छ ।

त्यसो त, सुशान्त सिंह परिवारवादको शिकार हुने एक दुखी पात्र बने । यस क्रममा सुशान्तले भोग्नु परेको वहिष्करणबारे थप बहस हुन थालेको छ । कंगना करोटले सुशान्तको कामको प्रशंसा गर्दै उनले भोगेको दुखलाई सार्वजनिक रुपमा बहस नै उठाइन् ।

सुशान्तका दुई फ्यानले भने उनकै नाममा आत्महत्या गरेको खबर भारतीय मिडियाले उल्लेख गरेका छन् । महाराष्ट्रमा २० वर्षीया एक युवतीले आफ्नै घरमा डोरीले झुण्डिएर आत्महत्या गरिन् ।

अन्न्पुर्ण पोष्टमा खबर छ । उनले आफ्नी भाउजुसँग सुशान्तले झैँ आफू पनि आत्महत्या गर्ने बताएकी थिइन् । तर भाउजुले हप्काएपछि केही बेर शान्त भए पनि केही घण्टामै उनले आत्महत्या गरेकी थिइन् ।

यस्तै बरेलीका अर्का एक युवकले सुशान्तको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेको भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ती युवकले सुशान्तको आत्महत्याको समाचार टिभीमा देखेपछि सुसाइड नोट लेखेर आत्महत्या गरेको बताइएको छ । ‘सुशान्तले त आत्महत्या गर्न सक्छन् भने म किन सक्दिन रु’ भनेर लेख्दै आत्महत्या गरेको बुझिएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका