स्याङजाको भीरकोटमा मौरिपालन तालिम सुरु – Samacharpati Samacharpati स्याङजाको भीरकोटमा मौरिपालन तालिम सुरु – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • स्याङजाको भीरकोटमा मौरिपालन तालिम सुरु

स्याङजाको भीरकोटमा मौरिपालन तालिम सुरु

स्याङजाको भीरकोटमा मौरिपालन तालिम सुरु

स्याङ्जा, ६ असार । स्याङ्जाको भिरकोट नगरपालिकामा ४ दिने मौरिपालन तालिम सुरु भएको छ । भीरकोट मौरी पकेट संचालन समिति वडा न.५ र ३ को आयोजनामा भाग्योदय मावि उजेँली डांडांमा ४ दिने मौरी पालन आधारभुत तालीम शुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख छायाराम खनालले प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना अन्र्तगत भीरकोट नगरपालिकाको ३ र ५ वडामा संचालन हुन लागेको मौरी पकेट क्षेत्र कार्यक्रमले कृषकहरुलाई कृषि गर्नमा प्रेरणा मिल्ने र आत्मवल वढ्ने बताउनुभयो । उहाँले मौरीको मह पूर्ण आहार को रुपमा मानिने भएकाले स्वास्थ्य रहनका महको सेवन अवश्यक रहेको बताउनुभयो । मौरीको मह धार्मिक दृष्टकोणले पनि महत्वपूर्ण मानिने र हरेक पूजाआजामा प्रयोगमा आउने भएकाले पनि वजारमा यस्को माग बढ्दो रहेको उल्लेख गर्नुभयो ।

अव भीरकोटलाई मौरी र महको हवको रुपमा विकास गर्नेतर्फ नगरपालिकाले सोचिरहेको नगर उपप्रमुख सिमा केसी कर्माचार्यले बताउनुभएको छ ।

तालिममा ६३ जना मौरी पालकहरुको सहभागीता रहने छ भने तालिमको सहजिकरण प्रशिक्षकद्धय मौरी पालक कृषक माहासंघ केन्द्रिय उपाध्यक्ष श्याम प्रसाद अर्याल र मौरी पकेट क्षेत्र संचालन समितिका अध्यक्ष नन्दु खनालले गर्नु हुने छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका