पर्वतमा पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि,अस्पतालकाआकस्मिक बाहेक सबै सेवा बन्द – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • पर्वतमा पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि,अस्पतालकाआकस्मिक बाहेक सबै सेवा बन्द

पर्वतमा पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि,अस्पतालकाआकस्मिक बाहेक सबै सेवा बन्द

पर्वतमा पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि,अस्पतालकाआकस्मिक बाहेक सबै सेवा बन्द

पर्वत, ५ असार । पर्वत अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले शुक्रबारदेखि सेवा बन्द भएको जनाएको छ ।

कोरोना अस्पतालमा कार्यरत सातजनाको नमूना परीक्षण गरिएकामा पाँचजनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ । यसअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका ३८ जनामा कोरानो सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये आठजना बिहीवार निको भएर घर फर्किएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका