फोक्सोका क्यान्सर पीडित एक वृद्धले जिते काेराेना–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • फोक्सोका क्यान्सर पीडित एक वृद्धले जिते काेराेना

फोक्सोका क्यान्सर पीडित एक वृद्धले जिते काेराेना

फोक्सोका क्यान्सर पीडित एक वृद्धले जिते काेराेना

चितवन, ५  असार ।  चितवनका ७४ वर्षीय फोक्सोका क्यान्सर पीडित एक वृद्ध एक महिनापछि कोरोनामुक्त भएका छन् । उनी सहितकोरोना संक्रमित उनकी पत्न पनि निको भएपछि डिस्चार्ज भएकी छन् ।

झन्डै एक महिनाअघि ती वृद्ध र उनकी श्रीमतीमा संक्रमण पुष्टि भएको थियो। उनी परिवारसहित भारतमा क्यान्सरको उपचार गराएर फर्किएका थिए।

घर फर्किएर कोरोना परीक्षण गर्दा श्रीमतीसहित वृद्धमा संक्रमण पुष्टि भएको थियो। उनीहरूसँगै भारतबाट आएका छोरामा पनि संक्रमण पुष्टि भएपनि छाृरा भने पहिले नै निको भएर घर फर्किएका थिए ।

सुरुदेखि नै क्यान्सरका रोगी भएकाले वृद्धलाई विशेष निगरानीमा उपचार गरिएको डा प्रमोद पौडेलले बताए ।अहिले पती पत्नी दुबैको अबस्था सामान्य रहेको बताइएको छ । क्यान्सर रोगी वृद्धले पाँचपटक केमोथेरापीसमेत लिएका थिए । उनको एक पटकको केमोथेरापी बाँकी छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका