क्वारेन्टिन छेउमै अन्तरजातीय विवाह, वडाध्यक्ष बने पुरेत – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • क्वारेन्टिन छेउमै अन्तरजातीय विवाह, वडाध्यक्ष बने पुरेत

क्वारेन्टिन छेउमै अन्तरजातीय विवाह, वडाध्यक्ष बने पुरेत

क्वारेन्टिन छेउमै अन्तरजातीय विवाह, वडाध्यक्ष बने पुरेत
तस्बिर सौजन्य : मेरो दाङ फेसुबक पेजबाट

दाङ, ३ असार । दाङको घोराहीका एक जोडीले क्वारेन्टिनबाट निस्किएलगत्तै वरपिपलको रूखमुनि विवाह गरेका छन्।

घोराही उपमहानगरपालिका-१८का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका-७ की २१ वर्षीया सीता चौधरीका बीच आइतबार क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह भएको हो।

परिवारको सल्लाहअनुसार उनीहरूको विवाहमा घोराही-१८का वडाध्यक्ष भरत अर्यालले पुरेत बने। कृष्णका अनुसार २ वर्षअघि उनको र सीताको फेसबुकबाट चिनजान भएको थियो।

कृष्ण नयाँदिल्लीको एक होटेलमा सेफको काम गर्थे। सीता तुलसीपुरस्थित गोरखा माविका कक्षा १२ मा पढ्थिन्। चिनजान भएको केही समयमै उनीहरूको माया बस्यो। त्यही मायालाई विवाहमा बदल्न ९ महिनाअघि उनीहरू भागेर भारत गए।

‘९ महिना पहिला भागेर भारत गएका थियौ,’ कृष्णले भने, ‘जेठ १० गते फर्केर आएपछि क्वारेन्टिनमा बस्नु पर्‍यो। पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन विवाह गरेका हौं।’

घर परिवारले आफ्नो अन्तरजातीय विवाहलाई सहजै स्वीकार गरेको र अभिभावककै सल्लाहमा रिपोर्ट नेगेटिभ आएकै दिन समुदायलाई साक्षी राखेर औपचारिक रूपमा विवाह गरेको कृष्णले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका