गण्डकी प्रदेशको बजेट चालु आ.व को भन्दा किन बढ्यो ?–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशको बजेट चालु आ.व को भन्दा किन बढ्यो ?

गण्डकी प्रदेशको बजेट चालु आ.व को भन्दा किन बढ्यो ?

गण्डकी प्रदेशको बजेट चालु आ.व को भन्दा किन बढ्यो ?

पोखरा, २ असार । कोरोना माहामारीका कारण अर्थतन्त्र थलिएको छ । यहि बीचमा केन्द्र सरकार र प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनीक गरेका छन् । अधिकांशले यसपटक बजेटको आकार घट्ने अनुमान गरिरहदा गण्डकी प्रदेशको बजेट चालु आर्थिक वर्ष भन्दा बढेर आयो ।

चालु आ.वका लागि गण्डकी प्रदेश सरकारले ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट सार्वजनिक गरेको थियो भने २०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार को बजेट सार्वजनिक गरिएको छ । यो चालू आर्थिक वर्षको भन्दा रु २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो ।

गुरुङले उक्त बजेटमध्ये चालू खर्चतर्फ रु १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार (४१ २ प्रतिशत र पूँजीगत खर्चतर्फ रु १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७ ४ प्रतिशत) बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१ ४ प्रतिशत) बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

यहि विषयमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरुको समेत दायित्व थपिएका कारण बजेटको आकार बढ्न गएको बताउनुभएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रदेश सभामा पेश गरेको भोलिपल्ट पोखरामा पत्रकार भेटघाट कार्यक्रम गर्दै अर्थमन्त्री गुरुङ्ले सो कुरा उल्लेख गर्नुभएको हो । २५ देखी ३० अर्वको विचमा बजेटको आकार हुने अनुमान गरिएकामा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रहरुको दायित्व थपिने निश्चित भएपछि बजेटको अकार बढ्न पुगेको उहाँले बताउनुभयो ।

आगामी वर्ष बजेट कायर्षन्वयनका सम्पुर्ण संत्रन्त्रहरुलाई थप क्रियाशिल बनाईने उहाँले बताउनुभयो । वर्षेनी बजेट कार्यान्वयनमा समस्या भैरहेको उल्लेख गर्दै अर्थमन्त्री गुरुङ्ले आगामी वर्ष बजेट खर्चको सीमालाई बढाउने विश्वास दिलाउनुभयो । प्रदेश भित्र संचालित हरेक व्यवसायलाई करको दायारामा ल्याउने र राजस्व संकलनका स्रोतहरु बढाउने उहाँले उल्लेख गर्नुभयो ।

प्रदेशमा रहेका प्राकृतिक स्रोतहरुको मितव्ययी उपयोग गरिने उहाँले बताउनुभयो । बजेटमा समग्र प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखिएको अर्थमन्त्री गुरुङको भनाई छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका