नेपालको नयाँ नक्सा प्रयोगमा ल्याएपछि नेपालीहरू खुसी व्यक्त गर्दै दिए धन्यवाद – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • नेपालको नयाँ नक्सा प्रयोगमा ल्याएपछि नेपालीहरू खुसी व्यक्त गर्दै दिए धन्यवाद

नेपालको नयाँ नक्सा प्रयोगमा ल्याएपछि नेपालीहरू खुसी व्यक्त गर्दै दिए धन्यवाद

नेपालको नयाँ नक्सा प्रयोगमा ल्याएपछि नेपालीहरू खुसी व्यक्त गर्दै दिए धन्यवाद

काठमाडौँ, २ असार । भारतीय दादगिरीपछि विबादमा तानिएको नेपाली भूमि लिम्पियाधुरा, कालापानीको नयाँ नक्सा सरकारले अद्यावधिक गरेसँगै उक्त नक्शाको प्रयोग नेपालमा रहेका कुटनितिक नियोगले पनि सुरु गरेका छन् ।

जसको पछिल्लो उदाहरण हो नेपालस्थित अमेरिकी राजदूतावास । दुतावासले लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा प्रयोगमा ल्याएपछि नेपालीहरूले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

दूतावासको आधिकारिक फेसबुमा पेजमा कोभिड १९ सम्बन्धी तथ्यांकका साथ नेपालको आधिकारिक नक्सा प्रयोग गरेको देखे लगत्तै नेपालीहरुले खुलेर दुतावासलाई त्रन्यवाद भनेका छन् ।

फेसबुक पेजमा नेपालको नयाँ नक्सा प्रयोग गरेपछि धेरै नेपालीहरूले त्यसमुनि कमेन्ट गर्दै दूतावासलाइ धन्यवाद दिएका छन् । केहीले पोस्ट शेयर समेत गरेका छन् ।

सरकारले हालै मात्र भारतको कब्जामा रहेका नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानमा समेत समावेश गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका