क्वारेन्टाइनमा राख्नका लागि लैजादै गर्दा भीरबाट हाम फाले चन्द्रबहादुरले – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • क्वारेन्टाइनमा राख्नका लागि लैजादै गर्दा भीरबाट हाम फाले चन्द्रबहादुरले

क्वारेन्टाइनमा राख्नका लागि लैजादै गर्दा भीरबाट हाम फाले चन्द्रबहादुरले

क्वारेन्टाइनमा राख्नका लागि लैजादै गर्दा भीरबाट हाम फाले चन्द्रबहादुरले

काठमाडौँ, १ असार  । पर्वतमा एक व्यक्तिले भीरबाट हामफालेका छन् । हामफाल्नेमा चन्द्रबहादुर नेपाली रहेका छन् । बाग्लुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर सोमबार बिहान भीरबाट हाम फालेको बताइएको छ ।

उक्त व्यक्लिाई क्वारेन्टाइनमा राख्नका लागि बसमा लैजादै गरिएको थियो । बाटोमा बस रोको अबस्थामा नेपालीले भीरबाट हाम फालेको बताइएको छ । उनले के कारणले भीरबाट हाम फाले भन्ने खुल्न आएको छैन् ।

प्रहरीका अनुसार र सुनौलीबाट बाग्लुङतर्फ लैजादै गर्दा बस रोकेको बेला भीरबाट हाम फालेको बताइएको छ । गम्भिर घाइते भएका चन्द्रबहादुरलाई पोखरा पठाइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका