रुपा गाउँपालिकामा सनराईज बैंकको वित्तीय सांक्षरता एवं ‘खोलौं बैंक खाता’ अभियान सम्पन्न | Samacharpati        
Home | About Us | Contact | Unicode |

रुपा गाउँपालिकामा सनराईज बैंकको वित्तीय सांक्षरता एवं ‘खोलौं बैंक खाता’ अभियान सम्पन्न

पोखरा, २७ जेठ । पोखरा विश्वविद्यालयको सहकार्यमा नेपाल सरकारको “समृद्धिसँग जोडौं नाता  सबै नेपालीको बैंक खाता” अभियान कार्यक्रमलाई सफल बनाउनको लागि रुपा गाउँपालिका वडा नं. २, थुम्कीको करिव ३०० घरहरुमा खोलौं बैंक खाता अभियान संचालन गरिएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथी रुपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझा एवं विशिष्ट अतिथि स्कूल अफ विजनेस, पोखरा विश्वविद्यायलका डाईरेक्टर डा. रबिन्द्र घिमिरेले दिप प्रज्वालन गरि संयूक्त रुपमा कार्यक्रम शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी रुपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझाले ग्रामिण क्षेत्रलाई समेत बैंकिङ्ग सेवा सुविधा प्रदान गर्नका लागि बैंकको शाखा यस गाउँपालिकामा स्थापना भएकाले यसलाई अवसरको रुपमा लिनुपर्ने बताउनु भयो । घरमा निस्क्रिय रुपमा रहेको साना साना बचत रकमलाई समेत बैंकमा जम्मा गर्दा हुने बचतको वानि एवं आवश्यकता अनुसार साना, घरेलु एवं कृषि, पशुपालन व्यवसायहरुलाई व्यवसायिक रुपमा संचालन गर्न बैंकिङ्ग सहयोग मार्फत आर्थिक उन्नती गरी समृद्धिको ढोका खोल्न सकिने बिचार व्यक्त गर्नुभयो । कार्यक्रममा डा. रबिन्द्र घिमिरेले, पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई समेत ग्रामिण क्षेत्रको आर्थिक अवस्था वारेमा व्यवहारिक ज्ञान उपलब्ध हुने अवसरको रुपमा नेपाल सरकारको अभियानमा सहभागी भएको भनाई व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष श्रीमती लाल सुभा गुरुङ्ग, कार्यालयका कार्यकारी अधिकृत श्री विष्णु प्रसाद पोखरेल, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिता कूमारी रुपाखेती समेतले आफ्नो भनाई एवं कार्यक्रम सफलताको शुभकामना राख्नुभयो । कार्यक्रममा सभापतित्व मन्तव्य राख्दै सनराईज बैंक लि., गण्डकी प्रदेशका प्रादेशिक प्रमुख श्री रबिन्द्र के.सी.ले बैंकले नेपाल सरकारले लिएको अभियानलाई सफल बनाउनको लागि ग्रामिण क्षेत्रमा निरन्तर रुपमा सेवा दिई राखेको एवं सबै नेपालीको बैंक खाताको लागि यस गाउँपालिकाका अन्य वडाहरुमा समेत यो कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरिने जानकारी गराउदै सबै जनप्रतिनिधी एवं स्थानिय समाजसेवीहरु लाई सहयोग गर्नुहुनको लागि अनुरोध गर्नुभयो ।

उक्त कार्यक्रम बैंकका देउराली शाखाका शाखा प्रमुख सुनिल ध्वज पन्तले सञ्चालन गर्नुभयो एवं पोखरा न्यूरोड शाखाका शाखा प्रमुख नितेश रेग्मीले स्वागत मन्तव्य राख्नु भयो । कार्यक्रममा बैंकका कर्मचारी, स्थानिय समाजसेवी एवं पोखरा विश्वविद्यालयका विद्यार्थी गरी करिव ७० जना व्यक्तिहरु सबैं घरघरमा गई वित्तीय सांक्षरता एवं बैंक खाता खोल्ने अभियान संचालन गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित