मलेसियामा सांगीतिक कार्यक्रम गर्न गएका कलाकार अझै बेपत्ता , गाय राजेश पायल अपिल भिडियो सहित | Samacharpati        
Home | About Us | Contact | Unicode |

मलेसियामा सांगीतिक कार्यक्रम गर्न गएका कलाकार अझै बेपत्ता , गाय राजेश पायल अपिल भिडियो सहित

काठमाडौं,  २७ जेठ ।  ९ इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न पुगेका नेपाली कलाकारलाई मलेसियन अध्यागमनले पक्राउ गरेको छ विषयमा थप रहस्यमय बन्दैँ गएको गायक राजेश पायल राईले बताएका छन ।गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका थिए ।

मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेकोे समाचार बाहिरिएको । पक्राउ परेका आयोजक र कलाकारलाई पुत्राजायामा रहेको अध्यागमनमा लगिएको छ । मलेसियामा सांगीतिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ । तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ ।

तर प्रक्राउ गर्नुको कारण भने खुलाइएको छैन । पक्राउ कलाकारहरुको विषयमा आज फेसबुक लाइभमा कुराकानी गदैँ चर्चित गायक राजेश पायल राईले उनीहरुको अवस्था अझै अज्ञात भएको जानकारी दिनुभयो ।
हेर्नुहोस भिडियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित