विवाह गर्ने आश्वासन देखाई १६ वर्षीया युवती लाई बलात्कार – Samacharpati Samacharpati विवाह गर्ने आश्वासन देखाई १६ वर्षीया युवती लाई बलात्कार – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • विवाह गर्ने आश्वासन देखाई १६ वर्षीया युवती लाई बलात्कार

विवाह गर्ने आश्वासन देखाई १६ वर्षीया युवती लाई बलात्कार

विवाह गर्ने आश्वासन देखाई १६ वर्षीया युवती लाई बलात्कार

मोरङ, २७ जेठ । विवाहको आश्वासन देखाई एक युवतीलाई बलात्कार गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार आरोपी विराटनगर–१२ घर भई विराटनगर–१० हटिया नजीकै बहालमा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पौद्धार रहेका छन् ।

निजले विराटनगर–१४ की १६ वर्षीया युवतीलाई विवाह गर्छु भनी ललाइफकाई गत वैशाख १० गते कोठामा लगी बलात्कार गरेका थिए । पीडितका परिवारले दिएको उजुरीका आधारमा पौद्धारलाई जेठ २३ गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताएका छन् ।

आरोपी विवेकको आठ वर्षअघि नै विवाह भएको थियो । आरोपीलाई जिल्ला अदालत मोरङबाट जबर्जस्ती बलात्कार गरेको कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका