काठमाडौं, ३२ जेठ । नेपालमा कोरोना संक्रमित संख्या दिनहुँ बढदै गएको छ । शनिबार मात्र २७३ जना कोरोना संक्रमित थपिएका थिए । भने गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
आइतबार बिहानै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा नै विज्ञप्ति प्रकाशन गरेर नवलपरासी पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएका हुन् ।