पर्वतमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुग्याे – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • पर्वतमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुग्याे

पर्वतमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुग्याे

पर्वतमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुग्याे

काठमाडौँ, ३२ जेठ । पर्वतको कुश्मा नगरपापिलका–३ मा मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जना बेपत्ता भएका छन् ।

बस्ती माथिबाट आएको पहिरोले पुरिएर शनिबार राति सम्म तीन जनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएका थिए। बेपत्ता भएका उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए ।

स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको थियो भने आज थग दुई जनको शब फेला परेको हो । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका