कुश्मामा पहिरोले पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • कुश्मामा पहिरोले पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

कुश्मामा पहिरोले पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

कुश्मामा पहिरोले पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता
तस्बिर : फेसबुकबाट

पर्वत, ३२ जेठ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा शनिबार राती परेको भिषण वर्षासँगै आएको पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर अझै ४ जना बेपत्ता रहेको कुश्मा नगरपालिका वडा नं. ३ का अध्यक्ष तेज प्रसाद पाध्याले जानकारी दिनुभयो ।

शनिबार राति ३ जनाको शब पुरिएको अवस्थामा भेटिएको थियो भने आइतबार विहान दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शब आइतबार विहान भेटिएको हो ।

यस अघि शनिवार साँझै पहिरोमा पुरिएका ५८ बर्षिय तुलबहादुर थापा, उहाँकी श्रीमती मीन कुमारी थापा र नातिनि विविशा थापाको शब फेला परेको थियो । सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक बेपत्ता छन् ।

पहिरोको कारण सो स्थानका ८/९ घर उच्च जोखिममा रहेको अध्यक्ष पाध्याले बताउनुभयो ।

यसै बिषयमा हामीले कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेज प्रसाद पाध्यासंग गरिएको प्रत्यक्ष कुराकानी माथिको भिडियोमा हेर्न सक्नुहुनेछ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका