तमू प्ये ल्हु संघ, केन्द्रिय युवा समितिद्वारा कास्की प्रहरीलाई सुरक्षा सामग्री वितरण–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • तमू प्ये ल्हु संघ, केन्द्रिय युवा समितिद्वारा कास्की प्रहरीलाई सुरक्षा सामग्री वितरण

तमू प्ये ल्हु संघ, केन्द्रिय युवा समितिद्वारा कास्की प्रहरीलाई सुरक्षा सामग्री वितरण

तमू प्ये ल्हु संघ, केन्द्रिय युवा समितिद्वारा कास्की प्रहरीलाई सुरक्षा सामग्री वितरण

पोखरा, ३० जेठ । तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिद्धारा कास्की जिल्लामा कार्यरत सुरक्षकर्मीहरुका लागि मास्क, पञ्जा र सेनिटाइजर वितरण गरेको छ । लकडाउनका बेलामा अग्र मोर्चामा खटिएर काम गर्ने सुरक्षकर्मीहरुको मनोबल बढाउनका निम्ती सो सामग्री प्रदान गरिएको तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष शुक्रराज तमूले जानकारी दिनुभएकाे थियाे ।

प्रदान गरिएको सुरक्षा सामग्रीहरुमा १ हजार थान मास्क, १ हजार थान पञ्जा र २५ लिटर सेनिटाइजर रहेको छ । आज बिहान् जिल्ला प्रहरी कास्कीको प्रङगणमा आयोजित एक कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमू र उपाध्यक्ष आइबहादुर ल्हेगे तमूको विशेष उपस्थितीमा सो सामग्री कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो ।

उक्त सामग्री मध्येबाट कास्कीका अरु प्रहरी चौकीलाई आवश्यकता अनुसार वितरण गरिने समेत प्रहरी उपरीक्षक कार्कीेले बताउनुभयो ।
उक्त सामग्रीहरु नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर, पोखराका निर्देशक डा. मनबहादुर गुरुङले अत्यन्तै सुपथ मुल्यमा तमू प्ये ल्हु संघ, केन्द्रिय युवा समितिलाई उपलब्ध गराउनु भएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका