''धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई, धेरै कुरा गर्ने सिकायाैँ (कविता) – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • ”धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई, धेरै कुरा गर्ने सिकायाैँ (कविता)

”धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई, धेरै कुरा गर्ने सिकायाैँ (कविता)

”धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई, धेरै कुरा गर्ने सिकायाैँ (कविता)

पाेखरा, २२ जेठ ।

धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई धेरै कुरा गर्ने सिकायाैँ ।

गाउँ घरमा बाझाे रहेकाे खेत बारीमा काेदाे मकै राेपेर,

राेटी मकै खान सिकायाैँ ।

दशै तिहारमा मात्र गाउँ घर आउने केटा केटीलाई ओकाली ओराली हिड्न सिकायाैँ ।

धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई धेरै कुरा गर्ने सिकायाैँ ।

अरूकाे देशमा निर्भर रहने नेपालीलाई आफ्नै पाैरख मेहनतमा रमाउन सिकायाैँ ।

मेराे ठुलाे जात, म ठुलाे , म जान्ने , म धनि भन्नेहरूलाई ,

घमण्ड ताेड्न सिकायाैँ ।

धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई धेरै कुरा गर्ने सिकायाैँ ।

सावन पानिले सधै हात धुन लगाई , व्यक्तिगत सरसफाईमा ध्यान दिने गरायाैँ ।

विश्वकाे हात मिलाउने परम्परालाई हामी नेपालीकाे नमस्कार गर्ने सँस्कार गर्ने सिकायाैँ ।

धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई धेरै कुरा गर्ने सिकायाैँ ।

धन कमाउन विदेश गएका नेपाली दाजुभाईलाई नेपाल फर्काइ नेपालमै आत्मा निर्भर हुन सिकायाैँ ।

व्यापार व्यवसाय गर्न , शहर पसेपनि बस्न खान त गाउँ नै ठिक भन्न सिकायाैँ ।

धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई धेरै कुरा गर्ने सिकायाैँ ।

अहिले कमाए अहिले खाने भरे कमाए भरे खाई रमाउनेलाई ,

केही बचत गर्ने सिकायाैँ ।

धरै लगानी गरेर ठुलाे देश ताक्ने नेपाली युवालाई नेपालमै ,

कृषि, पशुपालन गर्ने सिकायाैँ ।

धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई धेरै कुरा गर्ने सिकायाैँ ।

विवाहा लगतै शहर पसेर पढाई र जागिर गरेकी बुहारीलाई ,

परिवारसगँ घुलमिल हुन सिकायाैँ ।

दशैँमा मात्र देख्न पाउने बुढि  आमाका छाेरा बुहारीलाई

गाउँ फर्कन र माया साट्न  सिकायाैँ ।

धेरै धेरै धन्यावाद काेराेना तिमीले हामीलाई धेरै कुरा गर्ने सिकायाैँ ।

लक्ष्मी सापकाेटा,

पाेखरा,  बिराैटा  घारीपाटन

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका