दैलेखमा एकै पटक भेटिए १ सय ५ जना कोरोना संक्रमित – Samacharpati Samacharpati दैलेखमा एकै पटक भेटिए १ सय ५ जना कोरोना संक्रमित – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • दैलेखमा एकै पटक भेटिए १ सय ५ जना कोरोना संक्रमित

दैलेखमा एकै पटक भेटिए १ सय ५ जना कोरोना संक्रमित

दैलेखमा एकै पटक भेटिए  १ सय ५ जना कोरोना संक्रमित

दैलेख, २२ जेठ । दैलेखमा एकै पटक एकसय ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जुम्लामा बिहीबार दिउँसोसम्म गरिएको पीसीआर परीक्षणमा एकै पटक १ सय ५ जना संक्रमित भेटिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।

संक्रमण देखिनेमा दैलेखको नारायण नगरपालिकामा ६९, देवलकाँडामा १२, सोतमा ९, मानटाकुरामा ७, साडुमा २, भवानीमा ५ र बासकोटमा १ जना रहेको प्रतिष्ठानले जनाएको छ ।

दैलेखमा यो सहित संक्रमितको संख्या २ सय १० पुगेको छ । त्यस्तै आज मुगुमा पनि एक जनामा कोरोना पोजिटिभ देखिएको छ । कोरोनाका कारण अहिले सम्म ९ जनाको ज्यान गएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका