गण्डकी प्रदेशमा थप १० जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ३७ पुग्याे–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थप १० जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ३७ पुग्याे

गण्डकी प्रदेशमा थप १० जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ३७ पुग्याे

गण्डकी प्रदेशमा थप १० जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ३७ पुग्याे

पाेखरा, २० जेठ । गण्डकी प्रदेशमा थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यससँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ३७ पुगेकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।

संक्रमित मध्ये स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २० का १ जना पुरुष गरि स्याङ्जा जिल्लामा थप ५ जना रहेकाे उल्लेख छ ।

यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको जनाईएकाे छ ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका