करोडौं रुपैयाँ ठगी गर्ने अस्पताल सञ्चालक पक्राउ – Samacharpati Samacharpati करोडौं रुपैयाँ ठगी गर्ने अस्पताल सञ्चालक पक्राउ – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • करोडौं रुपैयाँ ठगी गर्ने अस्पताल सञ्चालक पक्राउ

करोडौं रुपैयाँ ठगी गर्ने अस्पताल सञ्चालक पक्राउ

करोडौं रुपैयाँ ठगी गर्ने अस्पताल सञ्चालक पक्राउ

काठमाडौं, २७ जेठ । पर्सा प्रहरीले ५ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने एक अस्पताल सञ्चालकलाई पक्राउ गरेको छ। वीरगञ्जको छप्कैयामा रहेको एसिया मेडिकेयर अस्पतालका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो।

पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले विभिन्न मितिमा ४० जना भन्दा बढी व्यक्तिबाट ५ करोड ७७ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो। अस्पताल बनाउन भनेर लिएको ऋण सर्राफले नतिरेको प्रहरीले जनाएको छ। रकम ठगी गरेका सर्राफ पछिल्लो समय फरार भएका थिए।

source:swasthyakhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका