काठमाडौँ, २७ जेठ । नेपाली तारा २ का विजेता सन्तोष लामाको नयाँ गीत सार्वजनिक भएको छ । सन्तोष लामाको मंसिर’ बोलको फास्ट ट्रयाकमा टिकटक स्टार अमिता गुरुङ्गले अभिनय गरेकी छिन् । सुशान्त गौतको संगीत रहेको मंसिर गीतको शब्द एकतारेले लेखेका हुन् । एरेञ्ज शैलेन्द्र मान प्रधानको छ ।
सन्तोष स्वंयमको निर्देशन रहेको भिडियोमा अमिता सँगै वाइजर एरा क्रियुको नृत्य छ । सन्तोषलाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ । विकास गुरुंगको सह निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई उत्तम हुँमागाईंले खिचेका हुन् ।