३० वर्ष काटेपछि यस्तो खानपान तपाईका लागि विष समान हुन्छ – Samacharpati
Home | About Us | Contact | Unicode |Topics |

३० वर्ष काटेपछि यस्तो खानपान तपाईका लागि विष समान हुन्छ

उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । खासगरी ३० बर्ष पार गरेपछि हामीले आफ्नो शारीरिक क्षमता गुमाउँदै जान्छौं ।

हुन त यो सबैको हकमा लागु हुँदैन । कतिपयको रोग प्रतिरोधात्मक क्षमता एवं शारीरिक अंगको कार्यक्षमता उमेर ढल्कदै जाँदा पनि उत्तिकै बलियो र तन्दुरुस्त हुनेगर्छ । यद्यपी धेरैजसोमा भने ३० बर्ष उमेर पुरा गरेपछि शरीर कमजोर हुन थाल्छ । यो त्यही उमेर हो जहाँ हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ । पहिले पहिले सजिलै घट्ने ज्यान अब शरीरमै थेगि्रन थाल्छ । धेरैले वृद्धवृद्धाको रोग भनेर चिन्ने ओस्टियोपोरोसिस रोग पनि यही उमेरमा सुरु हुन थाल्छ ।

त्यतिमात्र हैन, यो त्यही उमेर हो, जसमा मानिसहरुको ध्यान बच्चा जन्माउनेतिर केन्दि्रत हुन थाल्छ । किनकी यस उमेर पश्चात्त महिलाहरुको प्रजनन क्षमता समेत परिवर्तित हुन थाल्छ । तीस वर्षको उमेर पश्चात्त देखिने विभिन्न स्वास्थ्य सम्बन्धि समस्यालाई लिएर डिप्रेशनमा जानु अगाडी याद गर्नुहोस्, एजिङ प्रक्रिया सुरु हुनुमा खानेकुराको भूमिका महत्वपूर्ण मानिन्छ । हेर्नुहोस भिडियो :

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित