मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने – Samacharpati Samacharpati मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने

काठमाडौँ, १ जेठ । विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरु क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको बताइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले यी प्रणाली नेपालबाट बाहिरिइसकेकाले अब केही दिन मौसम सफा हुनेछ । अहिले नेपालमा प्रिमनसुनको समय भएकाले प्रिमनसुनको प्रभावमात्र रहेको छ । प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ । शनिबार देशको पहाडी भूभागमा सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थान तथा पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव १ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका