नेकपा कमिटी सदस्य भीम रावलका सुरक्षाकर्मी प्रहरी जवानलाई कोरोना पुष्टि–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • नेकपा कमिटी सदस्य भीम रावलका सुरक्षाकर्मी प्रहरी जवानलाई कोरोना पुष्टि

नेकपा कमिटी सदस्य भीम रावलका सुरक्षाकर्मी प्रहरी जवानलाई कोरोना पुष्टि

भीम रावलका सुरक्षाकर्मीमा कोरोना देखिएपछि बल्ल डराए नेताहरु

नेकपा कमिटी सदस्य भीम रावलका सुरक्षाकर्मी प्रहरी जवानलाई कोरोना पुष्टि

काठमाडौँ, ३१ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलका सुरक्षाकर्मी सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएसँगै नेकपाको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेताहरुकै सुरक्षागार्डमा कोरोना सक्रमण देखिन थालेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो ।

काठमाडौंमा कोरोना संक्रमण पुनः फैलिएकाले अब नेताहरू नै जोखिममा परेको र नेताहरूको कोरोना परिक्षण बाँकी नै रहेकाले वैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताए । प्रधानमन्त्री केपी ओली निकै ठूलो दबाब र घेराबन्दीपछि बुधबार स्थायी समितिको बैठक बोलाउन राजी भएको भएता पनि कोरोना महामारीकाबिचमा फेरी बैठक स्थगीत भएको हो ।

नेपालमा यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना भाइरसका संक्रमित संख्या २१७ पुगेको छ । मंगलबार मात्रै ८३ जना संक्रमित थपिएसँगै नेपालभर कु्ल संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार थपिएका संक्रमितमध्ये ९ जना महिला हुन् र ७४ जना पुरुष हुन् । उनीहरुमध्ये सबैभन्दा बढी पर्साका छन् । हालसम्म नेपालमा संक्रमितमध्ये १७५ पुरुष र ४२ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महिलाको भन्दा संक्रमित पुरुषको संख्या चार गुणा बढी रहेको छ । नेपालमा लकडाउन उलंघन र राज्य पक्षबाट पनि बेवास्ता हुँदा कोरानाले भित्र भित्रै महामारीको रुप लिइरहेको भएता पनि नेपाली शीर्ष नेतृत्व कुर्चिको लडाइमा छ ।

केपी ओली , प्रचण्ड माकुने लगायतका नेताहरुलाई कोरोनाका कारण नागरिकहरु पिल्सिएको भन्दा सचिवालय र कुर्चीको रडाकोका कारण नेताहरु यो महामारीप्रति कत्ति पनि गम्भिर नभएको बुझन् सकिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका