कोरोना संक्रमण देखिएसंगै परीक्षण गर्नेकाे संख्या ह्वात्तै बढ्यो – Samacharpati Samacharpati कोरोना संक्रमण देखिएसंगै परीक्षण गर्नेकाे संख्या ह्वात्तै बढ्यो – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कोरोना संक्रमण देखिएसंगै परीक्षण गर्नेकाे संख्या ह्वात्तै बढ्यो

कोरोना संक्रमण देखिएसंगै परीक्षण गर्नेकाे संख्या ह्वात्तै बढ्यो

कोरोना संक्रमण देखिएसंगै परीक्षण गर्नेकाे संख्या ह्वात्तै बढ्यो

काठमाडौँ, २६ वैशाख तीन दिनदेखि नेपालगञ्ज पमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन् । नगरका अधिकांश क्षेत्र सुनसान छन् ।

यहाँ २३ जना कोरोना विषाणु (कोभिड–१९) सङ्क्रमित भेटिएपछि केही दिन अघिसम्म बन्दाबन्दी (लकडाउन) उल्लङ्घन गर्ने व्यक्ति अहिले डरले घरबाहिर निस्केका छैनन् । भारतबाट आउने तरकारीको आयात पूूर्ण रूपमा रोकिएको छ भने स्थानीय थोक तरकारी मण्डी पनि अनिश्चित कालका लागि बन्द गरिएको छ । निषेधित क्षेत्रमा कसैलाई घरबाट बाहिर निस्कन नदिइए पनि औषधि र अन्य आपत्कालीन सेवाका लागि भने सीमित सङ्ख्यामा स्थानीयवासीलाई आउ–जाउ गर्न दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

नगरमा निषेधित क्षेत्र घोषणा लगत्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले बढीभन्दा बढी स्थानीयवासीको कोरोना परीक्षण अभियान तीव्र बनाएको छ । सङ्क्रमित फेलापरेको क्षेत्र र सो वरिपरि क्षेत्रका बासिन्दाको पहिचान गरेर स्वाब सङ्कलन र परीक्षण कार्य तीव्र गतिमा भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताएका छन् ।

गएको तीन दिनमा पहिलो सङ्क्रमित र उहाँको सम्पर्कबाट सङ्क्रमित बनेका करिब तीन सय जनाको खोजी गरेर स्वाब सङ्कलन गरिएको छ । पहिलो दिन सङ्कलन गरिएका ५४ जनाको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै श्रेष्ठले दोस्रो तथा तेस्रो दिन सङ्कलन गरिएका स्वाबको परीक्षण भइरहेको बताएका छन् । नगरका विपन्न र मजदुरले निषेधित क्षेत्र घोषणा गरेर महामारी फैलिन नदिने प्रशासनको कदमको समर्थन गरेका छन् ।

यद्यपि दुई छाक टार्न समस्या भएको गुनासो उनीहरूको छ । बन्दाबन्दीका बेला पनि केही घण्टा छुट हुने हुँदा सो समयमा तरकारी बेचेर जीविका चलाइरहेका नेपालगञ्ज–११ का रहिस कबडियाले तीन दिनदेखि घरमै बस्नुपर्दा छाक टार्न समस्या भएको गुनासो गरेका छन् । यो गुनासो कबडियाको मात्र होइन, नगरका अधिकांश गरिब, विपन्न र मजदुरको साझा गुनासो हो ।

नेपालगञ्ज–२ का राजेश बाल्मीकिले उपमहानगरपालिकाले एक महिनाअघि बाँडेको खाद्यान्न सकिएको साता पुग्न लाग्यो, बन्दले बाहिर निस्कन पाइँदैन, कसरी बालबालिका पाल्ने रु भन्दै प्रश्न गरेका छन् । परसपुरबाट दैनिक १० किलो दूध ल्याएर बजारमा बिक्री गरी घर खर्च चलाउँदै आउनुभएका परसपुरका जयराम यादवले तीन दिनदेखि दूध बिक्री नहुँदा घर खर्च चलाउन समस्या हुन थालेको बताएका छन् । उता स्थानीय प्रशासनले भने महामारी फैलिन नदिन नगरलाई निषेधित क्षेत्र घोषणा गरेर सिल गर्न बाध्य भएको जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका