धेरैभन्दा धेरै पैसा कमाउने चाहाना हरेकको हुन्छ र यसको लागि मानिसले कडा परिश्रम पनि गर्छ। तर पैसा कमाउँदा पनि कयौँपल्ट तपाईको पैसा नबच्ने समस्या हुनसक्छ। शास्त्रको अनुसार यस्तो केही चिजहरु छन् जसलाई तपाईले आफ्नो पकेटमा राख्नाले धन जोगाउन सक्नुहुन्छ। यदि तपाईले आफ्नो साथमा यस्ता ५ चीज राख्नु भयो भने तपाइको कहिल्यै पनि हात खाली हुनेछैन।तल पढ्नुहोस्ः
१.यदि तपाई तपाईको काम र धन टिकिरहोस् भन्ने चाहानुहुन्छ भने आफ्नो पर्समा धनकी देवी लक्ष्मीको तस्वीर राख्नुहोस्।माता लक्ष्मीको कृपाले तपाईको पर्स कहिल्यै पनि खाली हुँदैन। साथै नयाँ मार्गबाट धन कमाउने मौका समेत मिल्छ।
२. आम्दानी बढाउनको लागि आफ्नो गोजीमा कमलको बीउ राख्नुहोस्। यसो गर्नाले तपाईलाई पैसाको अभाव हुनेछैन। माता लक्ष्मीको कृपा बनिरहन्छ।
३.तपाईले यदि गोजीमा श्रीयन्त्र राख्नुभयो भने पैसासँग सम्बन्धित सबै काममा फाइदा मिल्नेछ। यसलाई सधैँ आफ्नो पर्समा राख्नुहोस, पैसा बच्नेछ।
४. यसका साथै पर्समा सानो सिसा राख्नाले पनि धनको बचत हुने शास्त्रको मान्यता रहेको छ। तपाईको पैसा फजुल खर्च हुँदैन र नोकरीमा समेत प्रगति हुन्छ।
५.पर्समा अक्षता राख्नाले समेत फाइदा हुन्छ । भनिन्छ पर्समा थोरै चामल राख्नाले फजुल खर्चबाट बचिन्छ।