कोरोनालाई जितेर घर फर्केकी ६५ वर्षिय आमा पहिलो पटक मिडियामा, यस्तो भनिन् सबैलाई–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • कोरोनालाई जितेर घर फर्केकी ६५ वर्षिय आमा पहिलो पटक मिडियामा, यस्तो भनिन् सबैलाई

कोरोनालाई जितेर घर फर्केकी ६५ वर्षिय आमा पहिलो पटक मिडियामा, यस्तो भनिन् सबैलाई

कोरोनालाई जितेर घर फर्केकी ६५ वर्षिय आमा पहिलो पटक मिडियामा, यस्तो भनिन् सबैलाई

बागलुङ, ७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्किएकी छन् । शनिबार उनको रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अस्पतालले डिस्चार्ज गरेको हो । उनको तेस्रो र चौथो पटकको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

बागलुङ नगरपालिका–३ की उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।चैत ४ मा बेल्जियमबाट कतार एयरवेजको विमानबाट आएकी उनलाई कोरोना संक्रमण भएको २० चैतमा पुष्टि भएको थियो । त्यसयता उनको धवलागिरि अस्पतालमा उपचार भइरहेको थियो । तर, उनमा कोरोनाको लक्षण देखिएको थिएन ।

डिस्चार्ज भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो आत्मविश्वासले कोरोनालाई जित्न सफल भएको बताइन् । आफूले परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै उनले पूर्वसचेतना अपनाउनु पर्नेमा जोड दिइन् ।घर फर्किने क्रममा उनले आफ्नो उपचारमा खटिने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका