नेपालमा काेराेना सङ्क्रमणको सङ्ख्या ३१ पुग्याे – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • नेपालमा काेराेना सङ्क्रमणको सङ्ख्या ३१ पुग्याे

नेपालमा काेराेना सङ्क्रमणको सङ्ख्या ३१ पुग्याे

नेपालमा काेराेना सङ्क्रमणको सङ्ख्या ३१ पुग्याे

काठमाडौँ, ७ वैशाख नेपालमा कोभिड– १९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन् । उहाँका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक टेसिङ पनि शुरु गरिएको जानकारी दिनुभयो ।

नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पूर्णरुपमा स्वथ्य भई घर फर्कनुभएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका