"तिमी छैनौ भएर यो जवानी के गर्नु ''गजल'' – Samacharpati Samacharpati "तिमी छैनौ भएर यो जवानी के गर्नु ''गजल'' – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन २२, २०७७
  • होमपेज
  • “तिमी छैनौ भएर यो जवानी के गर्नु ”गजल”

“तिमी छैनौ भएर यो जवानी के गर्नु ”गजल”

“तिमी छैनौ भएर यो जवानी के गर्नु  ”गजल”

”सुमन स्मारिका”

घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु

न खान दिन्छ न भोक मेटाउँछ पेटको
छन त उसको पनि राहदानी के गर्नु

पोखिन देउ बगरले प्यास त मेट्ला थोरै
राखेर आँखामा यति धेरै पानी के गर्नु

गर्न त गरिन्छ नि रोज दुःखको कारोबार
हुँदैन अलिकति पनि आम्दानी के गर्नु

शंका पनि सहि ठाउँमा गर्न सक्नुपर्छ साहेब
फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका