काठमाडौं, ५ बैशाख । लकडाउनको समयमा हिडेर घर पुग्ने आटका साथ कयौँ मानिस काठमाडौँबाट बाहिरिएका छन् । सरकारले लकडाउन थप गरेपछि पैदल हिडेर गाँउ जानेको संख्या ह्वात्तै बढेको छ ।
त्यस्तै लकडाउनको समयमा हिडेर घर जाने क्रममा धादिङमा एक व्यक्तिको पुलबाट खसेर ज्यान गएको छ । ज्यान जानेमा होमबहादुर राना रहेका छन् । उनि यो समयमा पैदल हिडेर गाँउ जान लागेका थिए ।
ज्वालामुखी–५ बांझगराका ३८ वर्षीय होमबहादुर रानाको धादिङको ज्वालामुखी गाउँपालिका–५ रहेको बुङ्गकोटघाट पुल नभघ्न खोज्दा खसेर ज्यान गएको प्रहरीको भनाइ छ । परिवारसंग चितवनमा बस्दै आएका होमबहादुर हिँडेरै धादिङ पुगेका थिए ।