कोशी नदीकाे तटबन्धमा एक युवकको शव फेला – Samacharpati Samacharpati कोशी नदीकाे तटबन्धमा एक युवकको शव फेला – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • कोशी नदीकाे तटबन्धमा एक युवकको शव फेला

कोशी नदीकाे तटबन्धमा एक युवकको शव फेला

कोशी नदीकाे तटबन्धमा एक युवकको शव फेला

काठमाडौँ, १ बैशाख  ।  सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ ।

करिब अन्दाजी १९ वर्षीय ती युवकको हालसम्म पहिचान हुन नसकेको र शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

युवकको मुखमा गम्भीर चोट देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । तटबन्धमा रगतका छिटासमेत देखिएकाले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका