त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ । प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’
पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भए लगत्तै वीरगञ्जलाई सिलबन्दी गर्ने तयारी गरेको छ । वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रणमा लिई नारायणी उप क्षेत्रीय अस्पतालमा रहेका ३ जना भारतिय नागरिकमा कोरोना देखिए लगत्तै स्थानीय प्रशासनले अहिले सिलबन्दी गरिरहेको छ ।
संक्रमित भारतीय नागरिकको अहिले नारायणी अस्पतालको आइसोलेसनमा उपचार सुरु गरिएका कारण नारायणी अस्पतालको ओपिडी सेवा समेत बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएकोमा ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।