कोरोना महामारीको बीच लगाएकाे प्रतिबन्ध खुकुलो पार्न हतार नगर्न 'डब्लूएचओ'को चेताबनी–Samacharpati
Samacharpati
शुक्रबार, अशोज १६, २०७७
  • होमपेज
  • कोरोना महामारीको बीच लगाएकाे प्रतिबन्ध खुकुलो पार्न हतार नगर्न ‘डब्लूएचओ’को चेताबनी

कोरोना महामारीको बीच लगाएकाे प्रतिबन्ध खुकुलो पार्न हतार नगर्न ‘डब्लूएचओ’को चेताबनी

कोरोना महामारीको बीच लगाएकाे प्रतिबन्ध खुकुलो पार्न हतार नगर्न ‘डब्लूएचओ’को चेताबनी

काठमाडौं, ३० चैत । विश्व स्वास्थ्य संगठन कोरोनाभाइरस महामारीको बीच प्रतिबन्ध खुकुलो पार्न शिघ्रता नगर्न चेताबनी दिएको छ । स्वास्थ्य संगठले हतारमा प्रतिबन्ध खुकुलो पार्ने निर्णयले कोरोनाभाइरस संक्रमण पुर्नरुत्थान भई घातक हुनसक्ने चेताबनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस अदनोम गेब्रेससले केही राष्ट्रले घरमै बस्न जारी गरेको निर्देशन खुकुलो पार्न छलफल चलाएकोबारे ध्यानाकर्षण भएको बताएका छन् ।

उनले स्वास्थ्य संगठनले पनि छिटोभन्दा छिटो प्रतिबन्ध हटाउने पक्षमा रहेपनि कोरोनाभाइरस संक्रमणको पुनरुत्थान हुने शर्तमा त्यस्तो निर्णय नलिन आग्रह गरेका छन् । गोरखापत्रबाटमा खबर छ ।

विश्व स्वास्थ्य संगठनले महामारीका बीच विश्वमा मासिक दश करोड चिकित्सकीय माश्क र दुई करोड पचास लाख एन ९५ माश्क र चिकित्सकीय पहिरन तथा अनुहार ढाक्ने ढालको आवश्यकता रहेको जनाएको छ ।

त्यसैगरी २५ लाख परीक्षण किटको आवश्यकता हुने संगठनले जनाएको छ । उक्त लक्ष्य पुरा गर्न विश्व खाद्द कार्यक्रमले आठवटा ७४७ विमान नियमित परिचालन गर्नेछ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका