विश्वका प्रमुख नेताहरुसँग यो महामारीकाे बेला राजनीतिकरण नगर्न डब्ल्यूएचओकाे आग्रह – Samacharpati Samacharpati विश्वका प्रमुख नेताहरुसँग यो महामारीकाे बेला राजनीतिकरण नगर्न डब्ल्यूएचओकाे आग्रह – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • विश्वका प्रमुख नेताहरुसँग यो महामारीकाे बेला राजनीतिकरण नगर्न डब्ल्यूएचओकाे आग्रह

विश्वका प्रमुख नेताहरुसँग यो महामारीकाे बेला राजनीतिकरण नगर्न डब्ल्यूएचओकाे आग्रह

विश्वका प्रमुख नेताहरुसँग यो महामारीकाे बेला राजनीतिकरण नगर्न डब्ल्यूएचओकाे आग्रह

काठमाडौं, २७ चैत । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ ।

बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् ।

बुधबार डब्ल्यूएचओको घेब्रेससले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनले धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न नहुने बताएका छन । एकता नदेखाउने हो भने विकसित मुलुकले भने अझै धेरै समस्या र संकटको सामना गर्नुपर्ने उनको भनाइ थियो ।

सीएनबीसीका अनुसार उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी पनि दिएका छन । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन केन्द्रित भएको भन्दै डब्ल्यूएचओको आलोचना गरेका थिए । उनले डब्ल्यूएचओलाई दिँदै आएको कोष पनि रोक्ने चेतावनी समेत दिएका थिए ।

जनवरीको मध्यमा डब्ल्यूएचओले कोरोना भाइरसबारे विश्व समुदायलाई सचेत गराएको थियो । जनवरी ३० मा डब्ल्यूएचओले यस विषयलाई लिएर स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । जतिबेला यो भाइरस १८ मुलुकमा फैलिएको थियो र संक्रमितको संख्या पनि केवल आठ हजार दुई सय मात्र थियो । अहिले यो भाइरसका संक्रमितको संख्या १५ लाख नाघिसकेको छ भने ८८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका