अति विपन्न घरपरिवारलाई राहत वितरण – Samacharpati Samacharpati अति विपन्न घरपरिवारलाई राहत वितरण – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • अति विपन्न घरपरिवारलाई राहत वितरण

अति विपन्न घरपरिवारलाई राहत वितरण

अति विपन्न घरपरिवारलाई राहत वितरण

पोखरा, २४ चैत । नोभेल कोरोना भाइरसको संक्रमणको बढ्दो प्रभावबाट आफ्नो रोजिरोटी गुमाई भोकै रहने स्थितीमा रहेका अति विपन्न घर परीवारलाई सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्विचोक पोखराले राहत वितरण गरेको छ ।

पोखरा महानगरपालिका वडा नं.९ स्थित रहेका अति विपन्न तथा स्थानीय सरकारको पहुँचमा समेत पर्न नसकेका २० गरिब परिवारलाई प्रत्यक्ष रुपमा तथा अन्य १० परिवारलाई भने आफ्नो सिफारिस मार्फत सोही स्थानकै भृकुटी ऋण तथा बचत सहकारी संस्था लिमिटेड संग समन्वय गरी कष्टकर जीवन बिताई रहेका ३० घर धुरिलाई सहजता प्रदान गरेको हो ।

राहत प्याकेजमा प्रत्येक घरधुरिलाई १० किलो चामल, दाल, नुन, तेल लगायतका सामाग्री हस्तान्तरण गरिएको पृथ्विचोक सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बिपिन अधिकारीले बताउनु भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका