पोखरा, १८ चैत । पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीवन निर्वाह गरेकाहरुलाई राहत वितरण गर्न स्थापना गरेको राहत कोषमा पोखरा ७ मासबारको मासबार आमा समूहले आर्थिक सहयोग गरेको छ ।
समूहका अध्यक्ष टीकादेवी अधिकारी र सचिव शारदा गिरीले मंगलबार एक विज्ञप्ति जारी गरी महानगरको राहत कोषमा ११ हजार १ सय ११ सहयोग गरेको जानकारी गराउनु भएको छ ।
संस्थाले आफ्नो २५ औं वर्षको अवसरमा उक्त रकम राहत कोषमा सहयोग गरेको हो । साथै आमा समूहले कोरोना रोकथाम र नियन्त्रणको लागि केन्द्र, प्रदेश र स्थानीय सरकाले थालेको अभियान सघाउन र सरकारको निर्देशनलाई पूर्ण रुपमा पालन गर्न सबैलाई आग्रह गरेको छ ।